काठमाडौँ।
नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार बिहीबार(आज) सुनको भाउ तोलामा ५०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि प्रतितोला ८९ हजार ८०० रुपैयाँ रहेको छापावाल सुन आज ८९ हजार ३०० रुपैयाँ पर्नेछ । सोही परिमाणको तेजावी सुन आज ८८ हजार ८५० रुपैयाँमा कारोबार हुनेछ ।
यता, चाँदीको भाउ भने बृद्धि भएको छ । यसअघि एक हजार ३४५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३५५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।