बैशाख ८, २०८० शुक्रबार

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य शुक्रबार बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ।

बिहीबार प्रतितोला ५०० रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला ४०० रुपैयाँ बढेर तोलाको १ लाख १० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य स्थिर रहेर प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।