काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले चीनबाट १० लाख खाेप यहि साताभित्र नेपाल ल्याइसक्ने बताएका छन् । स्वास्थ्य पत्रकार मञ्चले आज आयाेजना गरेकाे अन्तरक्रियामा मन्त्री ज्ञवालीले २ लाख खाेप पर्सि तिब्बत सरकारबाट आउने र ८ लाख खाेप २ तारिकसम्म नेपाल ल्याइसक्ने बताएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार चिनकाे राष्ट्रपति सि जिन पिङसँग खाेप सहायता माग गरेकी थिइन् ।