फागुन १४, २०७७ शुक्रबार


काठमाडौं।
शुक्रबार नेपाली बजारमा सुनको मुल्य ५०० रुपैंयाले घटेको छ ।

हिजो प्रतितोला ८९ हजार ३०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ५०० रुपैंयाले घटेर प्रतितोला ८८ हजार ८०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । 

तेजावी सुनको मुल्य ८८ हजार ३५० रुपैंयामा कारोबार हुने भएको छ ।

यस्तै, चाँदीको मुल्यमा पनि तोलामा २० रुपैंयाले घटेर प्रतितोला १३ सय ३५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १३ सय ५५ रुपैंया रहेको थियो ।