विश्व कै सबभन्दा पुरानो टिट्वान्टी क्रिकेट प्रतियोगिता बेलायतमा संचालन हुने टि ट्वान्टी ब्लास्ट प्रतियोगिताबाट नेपाली क्रिकेटर सन्दिप लामिछाने प्रतियोगितामा सहभागीता बिनै टिमबाट रिलिज भएका छन्।
बेलायतमा हुने सो प्रतियोगितामा सन्दिप वेरयचेस्टरसायर ऱ्यापिट काउन्टी क्लबमा आबद्ध रहेका थिए। सन्दिपको भिषा निकै ढिलो गरेर शुक्रबार मात्र आएकाले र कोरोनाका कारण नेपाल सरकारले गरेको उडान प्रतिबन्धका कारण उनी पुग्नेमा नै अनिश्चितता भएकाले टिमले न्युजील्याण्डका लेगस्पिनर ईश सोडीलाई टिममा अनुबन्ध गरेको छ।

सन्दिप मे को अन्तिममा बेलायत पुग्नुपर्ने थियो । तर उनले भिषाको प्रक्रिया समयमा नै गरेपछि भिषा आउन निकै ढिलो भएको हो ।
आफुले समयमा नै भिषा नभएको कुरालाई उनले सामाजिक सञ्जालमा नै बोलेका थिए । सन्दिपले पहिलो पटक बेलायतमा काउन्टी र फ्रेन्चाइजी लिग खेल्ने तयारीमा थिए । जसमा काउन्टी खेल्ने चाहना अधुरो हुने देखिएको छ ।