जेठ २३, २०७८ आइतबार

एजेन्सी । सन् २०२२ कतारमा आयोजना हुने विश्वकप छनोटमा साउदी अरेबियाले यमनलाई हराएको छ । एसियाली छनोट अन्तर्गत समुह डी को खेलमा शनिबार राति साउदी अर्बियाले यमनलाई ३–० गोल अन्तरले पराजित गरेको हो । उक्त ३ नै गोल पहिलो हाफमै सम्भव भएको  थियो ।

साउदी अरेबियालाई जिताउन फहद अल मुवालदले २ गोल गर्दा सलेम अल डावसारीले १ गोल गरे । खेलको चौथो मिनेटमै सलेमले गोल गदै साउदीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको १७औ मिनेटमा मुवालदले गाल गरि २–० गोलको अग्रता दिलाए । त्यस पछि खेलको ३२औं मिनेटमा पुन मुवालदले व्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गदै पहिलो हाफमै ३–० गोलको आरामदायी अग्रता दिलाए । 

पहिलो हाफमै ३–० गोलको अग्रता बनाएको साउदीले दोस्रो हाफमा भने थप गोल गर्न सकेन । निकै प्रतिस्प्रधात्मक बनेको दोस्रो हाफमा कुनै पनि गोल नहुदा साउदी अरेबिया ३–० गालले विजयी भयो । उक्त जित सँगै साउदी अरेबियाले ६ खेलबाट १४ अंक बनाउँदै शीर्ष स्थानमा रहेको छ । उसले ६ खेलमा ४ जित र २ बराबरी खेलेको छ । जसमा साउदी अझै अपराजित रहेको छ । यता पराजित यमनको भने समान ६ खेलबाट ५ अंक बनाउँदै पाँचौं स्थानमा रहेको छ । 

Saudi Arabia beat Yemen by three in the first half of the World Cup  qualifiers.. video | Saudi in 24 English