एजेन्सी । २०२० को युरो कप फुटबल प्रतियोगिताको तयारीमा रहेको स्विडेन र २०२२ मा कतारमा आयोजना हुने फिफा श्विकपको तयारीमा रहेको अर्मेनियाबीच भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्विडेनले अर्मेनियामाथि ३–१ गोलको सहज जित निकालेको छ ।
शनिबार राति स्विडेनमा भएको खेलमा घरेलु टोलीलाई जिताउन इमाइल फोर्सबर्ग, मार्कस डेनिल्सन र मार्कस बर्गले समान ११ गोल गरे । अर्मेनियाका बहान बिचाख्यानले एक सान्तवना गोल फर्काए ।
जारी खेलको १६औं मिनेटमा फोर्सबर्गले गोल गर्दै स्विडेनलाई सुरुवाती अग्रता दिलाए । त्यस्तै ३४औं मिनेटमा डेनिल्सनले गोल गरेपछि पहिलो हाफमा स्विडेनले २–० गोलको आरामदायी अग्रता बनायो ।
पहिलो हाफमा २–० गालले पछि परेको पाहुना टोलीले ६४औं मिनेटमा बिचाख्यानले गोल गर्दै अर्मानियालाई बराबरीमा फर्काउने प्रयास गरे । तर ८५औं मिनेटमा बर्गले गोल गर्दै स्विडेनलाई ३–१ गोलको जित दिलाए ।