जेठ २३, २०७८ आइतबार

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल क्लब  म्यानचेस्टर युनाइटेडले जर्मन बुन्डेसलिगा फुटबल क्लब बोरुसिया डर्टमन्डका जेडन सान्चोलाई भित्र्याउने तयारी थालेको छ । 

युनाइटेडले गत वर्ष पनि सान्चोलाई भित्र्याउन चासो देखाएको थियो । तर गत सिजन डर्टमन्डले मागेको १० करोड ८० लाख पाउन्ड तिर्न युनाइटेड सहमत भएन । यसपटक भने डर्टमन्डले ८ करोड १५ लाखमै सान्चोलाई बेच्ने भएको छ । इंलिस विंगरलाई आबद्ध गर्न पाउनेछन् ।

सान्चोले गत सिजन डर्टमुन्डका लागि सबैखाले प्रतियोगितामा गरेर १६ गोल तथा १४ असिस्ट गरेका थिए ।

हाल २१ वर्षीया सान्चोले २०१७ मा डर्टमन्डबाटै आफ्नो व्यवसायिक करियर सुरु गरे । उनले अहिलेसम्म डर्टमन्डका लागि १ सय ४ खेलमा ३८ गोल गरिसकेका छन् । सान्चोले युवा अवस्थामा भने वाटफोर्ड र म्यानचेस्टर सिटीको एकेडेमीबाट खेलेका थिए । इङ्ल्यान्डबाट उनले २०१८ मा डेब्यु गरे ।