जेठ २३, २०७८ सोमबार

एजेन्सी । २०२० को युरो कप फुटबल प्रतियोगिताको तयारीमा रहेको इंग्ल्याण्ड र सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप छनोटको तयारी स्वरुप भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डले रोमानियामथि जित निकालेको छ ।

आइतबार राति भएको खेलमा इंग्ल्याण्डले रोमानियालाई १-० गोल अन्तरले पराजित गरेको छ । इंग्ल्याण्डको जितमा मार्कस रासफोर्डले गरेको गोल नै निर्णायक बन्यो । टोलिका नियमित कप्तान ह्यारी केनलाई दोस्रो रोजाइमा राख्दै इंग्ल्याण्डले रासफोर्डलाई पहिलो पटक कप्तानीको रुपमा मैदान उतारेको थियो । 

निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । त्यस्तै दोस्रो हालको खेलको ६८औं मिनेटमा इंग्ल्याण्डको लागि रासफोर्डले पेनाल्टीमा गोल गरि १-० गोलको अग्रता दिलाए । 

त्यसपछि खेलको ७९औं मिनेटमा इंग्ल्याण्डले पुनः पेनाटीको अवसर पाएको थियो । तर उक्ति पेनाल्टीमा इग्ल्याण्डका जोर्डन हेंडरसन चुक्दा इंग्ल्याण्डले थप अग्रता बनाउने सकेन । र बाँकी समय थप गोल नहुना इंग्ल्याण्डले खेलमा १-० गोलको जित निकाल्यो ।