जेठ २४, २०७८ सोमबार

एजेन्सी । युइएफए च्याम्पियनसिपको यु–२१ फुटबल प्रतियोगिताको उपाधि जर्मनीले जितेको छ । सोमबार बिहान सम्पन्र भएको फाइनल खेलमा पोर्चुगललाई १–० गोलले हराउँदै जर्मनी उपाधि जितेको हो ।

स्लोभेनियामा भएको खेलमा जर्मनीलाई उपाधि दिलाउन लुकास नमेचाले निर्णायक गोल गरे । निकै प्रतिस्प्रधात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको खेलको ४९औं मिनेटमा नमेचाले गरेको गोल नै जर्मनीको जितमा निर्णायक बन्यो । May be an image of 1 person and playing a sport

उक्त जितसँगै जर्मनीले तेस्रो पटक युरो यु–२१ को उपाधि जितेको छ । यसअघि उसले १९८६ र २०१९ मा उपाधि जितेको थियो । पोर्चुगलले भने पहिलो पटक उपाधि जित्ने अवसर खेर फालेको छ । तीन पटक फाइनल पुगेको पोर्चुगलले उपाधि जित्न सकेको छैन ।

यसअघि पहिलो सेमिफाइनलमा साविकको विजेतासमेत रहेको स्पेनलाई १–० गोलले हराउँदै पोर्चुगलले फाइनलमा स्थान बनाएको हो । यता, दोस्रो सेमिफाइनलमा जर्मनीले नेदरल्यान्ड्सलाई २–१ गोलले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । May be an image of 4 people and text