जेठ २४, २०७८ सोमबार

एजेन्सी । २०२० को युरो कप फुटबल प्रतियोगिताको तयारीमा रहेको बल्जियम र क्रोएसियाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेका थिए । जसमा बेल्यिमले क्रोएसियामाथि १–० गोलको जित निकालेको छ । सोमबार बिहान बेल्जियमको घरेलस मैदानमा सम्पन्र भएको खेलमा घरेलु टोलीको जितमा रोमेलु लुकाकुले निर्णायक गोल गरे ।

बेल्जियमस्थित किङ बाउदौइन स्टेडियममा भएको खेलको ३८औं मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई जिताए । पहिलो हाफमा १–० गोलको अग्रता बनाएको बेल्जियमले दोस्रो हाफमा उक्त अग्रता जोगाउँदै जित निकालेको हो । 

यसअघि बेल्जियमले ग्रिससँग र क्रोएसियाले अर्मानियासँग १–१ गोलको बराबरी खेलेका थिए ।