एजेन्सी । स्पेनका मिडफिल्डर सर्जियो बुस्क्वेट्सलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्पेनिस फुटबल महासङ्घ आरएफइएफ मिडफिल्डर बुस्क्वेट्सलाई कोभिड–१९ सङ्क्रमण भएको पुष्टि गरेको हो ।
आइतबार बिहान स्पेनिस फुटबल टोलीको पिसिआर परीक्षण गर्दा कप्तान बुस्क्वेट्सको रिपोर्ट पोजेटिभ आएको महासङ्घले जनाएको छ । अरू खेलाडीको भने नेगेटिभ रिपोर्ट आएको बताइएको छ । कोरोना देखिएपछि बुस्क्वेट्स सेल्फ–आइसोलेसनमा बसेका छन् । अहिले स्पेन लिथुनियासँग मैत्रीपूर्ण खेल खेल्ने तयारीमा छ । मङ्गलबार राति स्पेनले आफ्नै मैदानमा लिथुनियालाई निम्तो दिँदै छ ।
त्यसपछि स्पेनले स्वीडेनसँग खेल्दै युरो कप २०२० को थालनी गर्दै छ । १४ जुनमा हुने उक्त खेल बुस्क्वेट्सले गुमाउने छन् ।