जेठ २४, २०७८ सोमबार

काठमाडौं । आगामी बर्ष कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले आज  बलियो टिम जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले जोर्डनसँग खेल्नेछ । खेल राति ९:४५ बजे सुरु हुनेछ ।

जोर्डनसँगको खेलका लागि नेपालले सुरुवाती-११ को घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले नेपाली टोलीलाई ४-३-३ को रणनीतिमा मैदान उतारेका छन् ।

नेपाली टोलीको कप्तानी गोलकिपर किरण चेम्जोङले गर्ने छन् । त्यस्तै आजको खेलमा नेपालले ३ खेलाडी परिवर्तन गरेको छ ।

चाइनिज ताईपेविरुद्ध सुरुवाती-११ मा रहेका रहेका आशिष लामा, सुनिल बल र गौतम श्रेष्ठ बेन्चमा रहेका छन्  । फरवार्ड अभिषेक रिजाल, डिफेन्डर दिनेश राजवंशी र विकास खवास सुरुवाती-११ मा परेका छन् ।

नेपाली टोलीको सुरुवाती ११

गोलकिपर- किरण चेम्जोङ

डिफेन्डर - रोहित चन्द, अनन्त तामाङ, बिकाश खवास,  दिनेश राजवंशी

मिडफिल्डर - पुजन उपरकोटी, सन्तोष तामाङ, सुमन अर्याल

फरवार्ड - अन्जन विष्ट, सुमन लामा, अभिषेक रिजाल