काठमाडौं । आगामी बर्ष कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा सोमबार भएको खेलम बलियो टिम जोर्डन सँग नेपाल पराजित भएको छ ।
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपाल जोर्डनसँग ३-० गोल अन्तरले पराजित भएको छ ।
जोर्डनलाई जित दिलाउन बाहा फाइजल सिफले दुई गोल गरे । यस्तै याजन अल अरबले एक गोल गरेका थिए ।
पहिलो हाफमा १-० गोलले अग्रता बनाएको जोर्डनले दोस्रो हाफमा थप २ गोल गर्ने सफल भयो ।
जोर्डनले खेलको सुरुवात भने पेनाल्टी मार्फत अग्रता बनाएको थियो । खेलको २३औं मिनेटमा उसका लागि बाहा फाइजलले गोल गरेका थिए । त्यस्तै दोस्रो हाफको खेलको ४८औं मिनेटमा पुनः बाहा फाइजलले फ्रिकिकमा गोल गर्दै अग्रता दोब्बर बनाएको थियो ।
त्यसपछि खेलको ६७औं मिनेटमा जोर्डनका याजन अल अरबले गोल गरि ३-० गोलको सहज जित दिलाए । उक्त जितसँगै जोर्डनले ६ खेलबाट १३ अंक बनाएको छ । यस हार सँगै नेपालको २०२२ को कतार विश्वकप खेलेन्ने सम्भावना समाप्त भएको छ । नेपालले ७ खेलमा ६ अंक बनाएको छ ।