जेठ २५, २०७८ मंगलबार

एजेन्सी । नेदरल्यान्ड्सले आईसीसी पुरुष विश्वकप सुपर लिग क्रिकेट अन्तर्गत टेस्ट राष्ट्र आयरल्याण्डविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट शृखंला २-१ ले जितेको छ ।

सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा आयरल्याण्डलाई ४ विकेटले हराएको नेदरल्यान्डका लागि यो विश्वकप सुपर लिगको उत्कृष्ट सुरुवात मान्न सकिन्छ। आयरल्याण्डले दिएको १ सय ६४ रनको लक्ष्य नेदरल्यान्डले ४५ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले ४९.४ ओभरमा अलआउट हुँदै १ सय ६३ रन बनाएको थियो ।आयरल्याण्डका ह्यारी हेक्टरले ५८ रनको अर्धशतकीय इनिङ्स खेल्दा जर्ज डोक्रेलले ४० रन बनाए ।सिमि सिंह २१ रनमा अविजित रहे ।नेदरल्यान्ड्सका फ्रेड क्लासेन र लोगान भान विकले ३/३ विकेट लिए ।

नेदरल्यान्ड्सको जितमा स्टेपहेन माइबर्गले ७४ रनको अर्धशतकीय इनिङ्स खेले । म्याक्स ओडोडले ३६ रन बनाए ।आयरल्याण्डका सिमि सिंहले ३ विकेट लिए ।