जेठ २५, २०७८ मंगलबार

एजेन्सी । २०२० को युरो कप फुटबल प्रतियोगिताको तयारीमा रहेको जर्मनी र २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल प्रतियोगिाको तयारीमा रेहेको लाटभियाबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल भएको थियो । जसमा जर्मनीले लाटभियामाथि ७–१ गोलअन्तरको फराकिलो जित दर्ता गरेको छ । मंगलबार जर्मनीस्थित स्प्रिट एरिनामा भएको खेलमा जर्मनीले एकतर्फी जित निकालेको हो । 

जर्मनीको जितमा रोबिन गोसेन्स, इल्के गुन्डोगान, थोमस मुलर, सर्जी ग्नाब्री, टिमो वेर्नर र लेरियो सानले १/१ गोल गरे । जर्मनीले एउटा आत्मघाती गोल उपहारमा पाएको थियो । त्यस्तै लाटभियाका अलेक्सेस सेभेल्जेभ्सले सान्त्वना गोल फर्काए । पहिलो हाफमै ५–० गोलको अग्रता बनाएको जर्मनीले दोस्रो हाफमा जर्मनीले २ गोल थप्दा लाटभियाले सान्त्वना गोल गरेको थियो । Germany vs Latvia 7−1 Extеndеd Hіghlіghts & All Gоals 2021 HD - YouTube