जेठ २५, २०७८ मंगलबार

एजेन्सी । विश्वकप छनोट अन्तर्गत आयोजक राष्ट्र कतारले ओमानविरुद्ध १–० गोलको कठिन जित निकालेको छ । सोमबार राति ओमानको घरेलु मैदानमा भएको खेलमा पहुना टोली कतारको जितमा कप्तान हसन अल–हाइदोसले निर्णायक गोल गरे ।

खेलको ४०औं मिनेटमा कतारले पेनाल्टीको अवसर पाएको थियो । जसमा हाइदोसले गरेको गोल नै कतारको जितमा निर्णायक बन्यो ।

उक्त जितसँगै समूह ‘ई’को कतारले ८ खेलबाट २२ अङ्क जोडेर समूहको शीर्ष स्थानमा रहेको छ । यता पराजित ओमानको भने १२ अङ्कका साथ दोस्रो स्थानमा छ ।