जेठ २५, २०७८ मंगलबार

एजेन्सी । कप्तान सुनिल क्षेत्रीको २ गोलको मद्यतमा भारतले सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप छनोट तथा एसियन कप २०२३ को छनोट खेलमा पहिलो जित निकालेको छ ।  भारतले बंगलादेशमाथि २–० गोलको सहज जित निकालेको हो । सोमबार राति दोहास्थित जसिम बिन हमद स्डेडियममा भएको खेलमा भारतको जितमा कप्तान सुनिल क्षेत्रीले दुबै गोल गरे । 

निकै प्रतिस्प्रधात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हफको खेलको ७९औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले हेडमार्फत गोल गर्दै १–० गोलको अग्रता दिलाए । त्यस्तै खेलको अतिरिक्त समयमा सुनिलले पुन दोस्रो गोल गदै भारतको जित पक्का गरे ।  India vs Bangladesh Highlights, 2022 FIFA World Cup Qualifiers: Chhetri  double helps India seal 3 points - India Today

उक्त जित सँगै भारतले ७ खेलबाट ६ अंक जोडेर अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । यात पराजित बंगलादेश भने समान खेलबाट २ अंकसहित पुछारमा रहेको छ । त्यस्तै उक्त खेलमा विजयी गोल गरेका कप्तान सुनिल क्षेत्री भारतको सर्वाधिक गोलकर्ता रहदै गोलसङ्ख्या ७४ पुर्‍याएका छन् ।

उनी सक्रिय फुटबल खेल्दै सर्वाधिक गोलकर्ताको सुचीमा दोस्रो स्थानमा रहेका छन् । यता सक्रिय फुटबल खेलाडीको शीर्ष स्थानमा भने पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो छन् । त्यस्तै हालसम्म गोलकर्ताको सुचीमा इरानका अली दाई १०९ गोल सहित शीर्षस्थानमा रहेका छन् । Bangladesh vs. India - Football Match Report - June 7, 2021 - ESPN