जेठ २५, २०७८ मंगलबार

एजेन्सी । २०२० को युरो कप फुटबल प्रतियोगिताको तयारीमा रहोको फ्रान्स र सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल प्रतियोगिताको तयारीमा रहेको बुल्गेरियाबीच आज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुदैछ । जसमा बलियो टोली फ्रान्सले बुल्गेरियाको सामना गदैछ । 

नेपाली समयअनुसार आज राति १२ः५५ बाट सुरु हुने उक्त खेल फ्रान्सको घरेलु मैदान स्टेडी डी फ्रान्समा हुनेछ । त्यस्तै आजको खेलमा घरेलु टोली फ्रान्स सहज जित निकाल्दै युरो कपको तयारी गर्न चाहान्छ ।