जेठ २६, २०७८ बुधबार

एजेन्सी । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल छनोट खेलमा अर्जेन्टिना कोलम्बियासँग बराबरीमा रोकिएको छ । सुरुवाती अग्रता जोगाउन नसक्दा अर्जेन्टिना कोलम्बिया २–२ गोलको बरारीमा रोकिएको हो । कुनै समय २–० गोलको अग्रता बनाएको अर्जेन्टिना बराबरीमा रोकिएको हो ।  २–१ गोल अन्तरको जितको नजिक पुगेको अर्जेन्टिना खेलको अन्तिम मिनेटमा गोल खादै बराबरीमा रोकिएको हो ।

खेलमा पाहुना टोली अर्जेन्टिनाले खेलको तेस्रो मिनेटमा नै अग्रता बनाएको थियो । उसका लागि क्रिस्टियन रोमेरोले गोल गरे । त्यस्तै खेलको आठौं मिनेटमा पाहुना टोली अर्जेन्टिनाको लागि लेयान्द्रो पाराडेसले गोल गर्दै २–० गोलको अग्रता बनाए र पहिलो हाफभरि २–० गोलको अग्रता बनाए । यस्तै खेलमा घरेलु टोली कोलम्बियाले पाहुना टोली अर्जेन्टिनामाथि दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको थियो । Colombia vs Argentina EN VIVO gratis online Eliminatorias Catar 2022 |  Mundial Qatar | Futbolred

दोस्रो हाफको खेलको ५१ औं मिनेटमा घरेलु टोली कोलम्बियाले पेनाल्टी पाएको थियो । पेनाल्टी मार्फत गोल गर्दै लुइस फर्नान्डो मुरियल फुर्टोले गर्दै २–१ को अवस्थामा पुर्याए । त्यसपछि निर्धारित समयसम्म अर्जेन्टिना २–१ ले अघि थियो । तर खेलको इ्न्जुरी समयको अन्तिम मिनेटमा मिगुएल बोर्जाले गोल गर्दै उत्कृष्ट बराबरी गरेका थिए ।

उक्त बराबरी सँगै ६ खेलबाट अर्जेन्टिनाले १२ अंक बनाउँदै दोस्रो स्थानमा रहेको छ । यो अर्जेन्टिनाको लगातार दोस्रो बराबरी हो । यस अछि अर्जेन्टिना पराग्बेसँग १–१ गोलको बराबरी खेलेको थियो । यता कोलम्बियाले समान ६ खेलबाट ८ अंक बनाउदै ५औं स्थानमा रहेको छ ।