एजेन्सी । २०२० को युरो कप फुटबल प्रतियोगिताको तयारीमा रहेको फ्रान्स र २०२२ मा कतारमा आयोजना हुने फिफ विश्वकप फुटबल प्रतियोगिता छनोट खेलको तयारी रहेको बुल्गेरियाबीच भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फ्रान्स विजयी भएको छ । फ्रान्सले बुल्गेरियामाथि ३–० सहज जित दर्ता गरेको छ ।
मङ्गलबार राति फ्रान्सको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन ओलिभर जिराउडले दुई गोल गर्दा एन्टोइन ग्रिजम्यानले एक गोल गरे । 
खेलको २९औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा १–० गोलको अग्रता बनाएको फ्रान्सले दोस्रो हाफमा थप २ गोल गर्न सफल भयो । त्यस्तै दोस्रो हाफको खेलको ८३औं मिनेटमा जिराउडले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ९०औं मिनेटमा जिराउडले दोस्रो गोल गर्दै फ्रान्सलाई ३–० गोलको जित दिलाए ।