जेठ २६, २०७८ बुधबार

एजेन्सी । २०२० को युरो कप फुटबल प्रतियोगिताको तयारीमा रहेको स्पेन र २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप छनोटको तयारीमा रहेको लिथुनियाबीच भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेनले शानदार जित निकाल्यो । 

मङ्गलबार राति भएको खेलमा स्पेनले लिथुनियामाथि ४–० गोलको शानदार जित निकालेको हो । घरेलु टोली स्पेनलाई जिताउन ह्युगो गुइलामोन, ब्राहिम डियाज, जुआन मिरान्डार जाभी पाउडोले समान १/१ गोल गरे ।

घरेलु टोली स्पेनले खेलको तेस्रो मिनेटमा गुइलामोनले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । २४औं मिनेटमा डियाजले गोल गरेपछि स्पेन पहिलो हाफमा २–० गोलको अग्रता बनायो ।

त्यस्तै दोस्रो हफको खेलको ५३औं मिनेटमा मिरान्डाले गोल गर्दै घरेलु टिमको अग्रता तेब्बर बनाए र त्यसपछि खेलको ७२औं मिनेटमा पाउडोले गोल गर्दै स्पेनलाई ४–० गोलको जित दिलाए ।