चितवन, ३ भदौ : रोट्¥याक्ट क्लव अफ चितवनको ३० औं पदस्थापना कार्यक्रम शुक्रबार चितवन गार्डेन रिसोर्ट भरतपुरमा क्लबका अध्यक्ष प्रभा गुरुङ्को अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा रोट्¥याक्ट क्लव अफ चितवनका रोटरी वर्ष सन् २०२२÷२३ का अध्यक्ष अच्युत न्यौपानेले रोटरी वर्ष २०२३÷२४ का अध्यक्ष प्रभा गुरुङ्लाई पद हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा विगत एक वर्षमा भएका कामको बारेमा समिक्षा गरिएको थियो भने निवर्तमान अध्यक्ष अच्युत न्यौपानेले आफ्नो कार्यकालमा विशेष सहयोग गर्नेलाई विभिन्न अवार्ड सहित सम्मान गर्नु भएको थियो ।
रोटरी डिष्ट्रिक ३२९२ का पूर्व डिष्ट्रिक गभर्नर रबीन्द्र पिया प्रमुख अतिथी रहनु भएको उक्त कार्यक्रममा मातृ क्लब चितवन रोटरी क्लबका अध्यक्ष चन्द्रेश्वर भट्टराई, रोट्¥याक् डिष्ट्रिक्ट ३२९२का निर्वाचित डि आर आर विक्रम क्षेत्री संस्थापक डि आर आर एवं रोट्¥याक्ट क्लव अफ चितवनका पुर्व अध्यक्ष राजन पिया, क्लबका संस्थापक अध्यक्ष निरञ्जन प्रधान विशेष अतिथी रहनु भएको थियो । क्लबका पूर्व अध्यक्ष, रोटरियन, पदाधिकारी, सम्पूर्ण सदस्य तथा छिमेकी क्लबका सदस्यहरूको बाक्लो उपस्थिति बिच गुरुङ् नेतृत्वको नयाँ कार्यसमितिलाई स्वागत, शूभकामना एवं बधाई ज्ञापन गरिएको थियो । निर्वाचित डि आर आर विक्रम क्षेत्रीले अध्यक्ष प्रभा गुरुङ्लाई सपथ ग्रहण गराउनूभएको थियो ।
क्लबका सचिव बिपाशा घिमिरे र सदस्य प्रजू पौडेलले संयुक्त सञ्चालन गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथी रबीन्द्र पियाले सन् १९९४ मा रोटरी क्लब चितवन मार्फत यस रोट्¥याक्ट क्लव अफ चितवनका स्थापनाको दिन सम्झदै क्लब गरिमामय ३० औं पदस्थापना सम्म आईपुग्नू एउटा इतिहास भएको बताउदै क्लब मार्फत व्यतित्व विकाश र आफ्नो सिप, क्षमता बिकासमा लाग्न उपस्थित युवाहरुलाई मार्गनिर्देश गर्नु भयो ।