एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल क्लब वुल्भ्सले ब्रुनो लागेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । बुधबार वुल्भ्सले ४५ वर्षीय पोर्चुगिज प्रशिक्षक ब्रुनोलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
उनि यसअघि बेन्फिकाका प्रशिक्षक रहेका थिए । वुल्भ्सले मुख्य प्रशिक्षक नुनो सान्टोको स्थानमा ब्रुनोलाई टिम हेर्ने जिम्मेवारी दिएको हो । पूर्व–गोलकिपरसमेत रहेका नुनो सन् २०१७ मा उल्भ्सको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।