कोरोनाका कारण बिचमा नै रोकिएको पाकिस्तान सुपर लिग(पिएसएल)का बाकी खेलहरु युएईमा बुधबारबाट सुरु भएको छ। शेख जायद स्टेडियम, अबुधाबीमा गयराती सम्पन्न लिगको १५ औं खेलमा लाहोर कलन्दर्स विजयी भएको छ।

कलन्दर्सले इस्लामावाद युनाइटेडलाई ५ विकेटले पराजित गर्यो।
टस हारेर ब्याटिंग गरेको इश्लामावादले २० ओभरमा ९ विकेट गुमाएर १४३ रन बनाएको थियो। इश्लामावादको लागि फहीम अश्रफले सर्वाधिक २७ रन, उस्मान ख्वाजाले १८ रन तथा हुसेन तलत र हसन अलिले समान १४ रन योगदान दिए।

लाहोरका लागि बलिंगमा जेम्स फल्कनरले सर्वाधिक ३ विकेट लिए भने अहमद ड्यानियल र हरिस रौफले समान २ विकेट लिदा शाहिन अफ्रिदी र राशिद खानले समान १ विकेट लिए।

१४४ रनको लक्ष्य पछ्याएको लाहोरले अन्तिम बलमा ५ विकेटको नोक्सानीमा लक्ष्य भेट्यो।लाहोरका लागि कप्तान सोहिल अक्तरले सर्वाधिक ४० रनको योगदान गर्दा मोहम्मद हफिजले २९ र टिम डेभिडले २३ रनको योगदान गरे। ईस्लामाबादका लागि भने हसन अलिले २ तथा फईम असर्फ,फावेद आलाम र सावाद खानले समान १/१ विकेट लिए।
यो जितपछि लिग अंकतालिकामा लाहोर शिर्षस्थानमा उक्लेको छ जसले ५ खेल खेल्दा ४ जित र १ हार बेहोरेको छ। ५ खेलमा ३ जित र २ हार बेहोरेको इस्लामावाद ६ अंक सहित चौथो स्थानमा रहेको छ।
लिग अन्तर्गत आज दुईवटा खेलहरु हुनेछन्। पहिलो खेल नेपाली समयानुसार राति ६:४५ बजे मुल्तान सुल्तान र कराची किंग्स तथा दोश्रो खेलमा राति ११:४५ बजे पेशावर जाल्मी र लाहोर कलन्दर्सबिच प्रतिस्पर्धा गर्नेछन्।