एजेन्सी । फिफा विश्वकप फुटबल प्रतियोगिता पछि दोस्रो ठुलो युरोकप फुटबल प्रतियोगिताको १६ औं संस्करण आजबाट सुरु हुँदैछ । यो युरोपियन फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता हो ।
यसपटक युरोपका १० देशका विभिन्न ११ शहरमा यस प्रतियोगिता आयोजना हुँदैछ ।त्यस्तै यो प्रतियोगिता सुरु भएको करिब ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
अघिल्लो वर्ष नैं हुनुपर्ने प्रतियोगिता कोरोना महामारीका कारण एक वर्ष पछि धकेलिएको हो । इटालीको रोममा आज हुने उद्घाटन खेलमा घरेलु टोली इटालीले टर्कीसाग खेल्दैछ । यो खेल नेपाली सयम अनुसार राति पौने १ बजे सुरु हुनेछ ।
यस पटक युरोकप युरोपको विभिन्न देशको ११ शहरमा आयोजना हुनेछ । जुन ११ देखि सुरु भई जुलाई ११ मा सकिने युरोकप फुटबलमा २४ टिमको सहभागिता रहेको छ ।
युरोकपमा २४ टोलीलाई सहभागी गराईएको यो पहिलो पटक हो । सहभागी टोलीहरुलाई ६ समुहमा विभाजन गरिएको छ ।
प्रत्येक समुहको विजेता र उपविजेतासँगै तेस्रो हुने ६ टोलीमध्ये उत्कृष्ट चार टोली ‘राउण्ड अफ सिक्सटिन’मा प्रवेश गर्नेछन् ।
प्रतियोगिताको फाइनल खेल लण्डनको वेम्बले रंगशालामा हुनेछ ।