एजेन्सी । डच मिडफिल्डर जर्जिनियो विज्नाल्डम फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पिएसजी०मा अनुबन्धित भएका छन् । बिहीबार पिएसजीले लिभरपुलका मिडफिल्डर विज्नाल्डमलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।
पिएसजीले विनाल्डमलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो । ३० वर्षीय विनाल्डमले पिएसजीसँग सन् २०२४ सम्मको सम्झौता गरेका छन् ।
यसअघि उनी बार्सिलोना जाने चर्चा थियो । बार्सिलोनाका मुख्य प्रशिक्षक रोनाल्ड कोइम्यानले ब्राजिलियन स्टार फिलिपे कौटिन्होको स्थानमा विज्नाल्डम भित्र्याउन चाहेका थिए ।
लिभरपुलसँग सम्झौता नवीकरण नगरेका उनी पनि बार्सिलोना जाने मनसायमा थिए । विनाल्डमले लिभरपुलका लागि दुई सय ३७ खेल खेलेका छन् । उनले लिभरपुलबाट च्याम्पियन्स लिग र प्रिमियर लिग जितेका थिए । उनी यति बेला युरो कप २०२० का लागि डच टिमसँग रहेका छन् । 