काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसिया कप छनोट फुटबलको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियासँग खेल्दैछ ।
समूह ‘बी’ को सबैभन्दा बलियो टोली अष्ट्रेलिया विरुद्धको खेल नेपालका लागि निकै कठिन हुनेछ । विश्वकप फुटबलको अनुभव बटुलिसकेको अष्ट्रेलिया एसियाली समुहमा खेल्न थालेदेखि नैं यो समुहको सबैभन्दा बलियो टोलीमध्य एक हो ।
समूह ‘बी’ को एकमात्र अपराजित टोली अष्ट्रेलियाले पहिलो खेलमा नेपाललाई घरेलु मैदानमा ५-० ले हराएको थियो । त्यस्तै आज हुने खेल कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले अष्ट्रेलियासँग खेल्नेछ । खेल राति ९:४५ बजे सुरु हुनेछ ।
अष्ट्रेलियासँगको खेलका लागि नेपालले सुरुवाती-११ को घोषणा गरेको छ ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले नेपाली टोलीलाई ४-३-३ को रणनीतिमा मैदान उतारेका छन् ।
नेपाल सुरुवाती ११
गोलकिपर - किरण चेम्जोङ,
डिफेन्स - गौतम श्रेष्ठ , सुमन अर्याल, अन्नत तामाङ , रोहित चन्द ,
मिडफिल्डर - विशाल राई, पुजन उपरकोटी, सन्तोष तामाङ , फरवार्ड - सुनिल बल , सुमन लामा, नवयुग श्रेष्ठ