जेठ २९, २०७८ शनिबार

एजेन्सी । १६ औँ संस्करणको युरोकप फुटबल प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा इटालीले टर्कीमाथि सानदार जित निकालेको छ ।

रोमस्थित ओलम्पिक स्टेडियममा शनिबार बिहान सम्पन्न भएको खेलमा टर्कीलाई ३–० गोल अन्तरले निराश बनाउँदै इटालीले युरोकपमा विजयी सुरुवात गरेको हो ।  इटालीको जितमा इमोबाइल र लोरेन्जोइ न्सिन्याले समान १/१ गोल गर्दा अर्को अत्माघाती उपहार पाउन सफल भयो ।

पहिलो गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५३ औँ मिनेटमा इटालीले आत्माघाती गोलको उपहार पाउँदा टर्की दबाबमा पर्यो । टर्कीका मेरिह डेमिरलको आत्मघाती गोलबाट सुरुवाती अग्रता बनाउन इटाली सफल भएको हो ।

इटालीका इमोबाइलले ६६ औँ मिनेटमा गोल गर्दै खेललाई २–० को अवस्था पुर्याउँदा टर्कीलाई सम्हालिन मुस्किल पर्यो । खेल सकिन २४ मिनेट बाँकी हुँदा २ गोलले पछि परेपछि खेलमा फर्कने टर्कीको सम्भावना सकिएको थियो ।

खेलको ७९ औँ मिनेटमा लोरेन्जोले निर्णायक गोल गर्दै इटालीलाई ३–० को जित दिलाउन सफल भए । उक्त जितसँगै समूह ‘ए’ मा रहेको इटालीले पहिलो खेलबाटै तीन अङ्क प्राप्त गरेको हो ।

इटाली तालिकाको शीर्ष स्थानमा रहेको छ । तालिकाको अन्तिममा रहेको टर्कीमाथिको जित उसका लागि महत्वपूर्ण रहयो । युरोकपअन्तर्गत आज (शनिबार) तीन खेल हुने छन् ।

यस पटकको युरोकप युरोपका विभिन्न देशका ११ सहरमा आयोजना हुने छन् । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ सहरमा प्रतियोगिता आयोजना हुँदै छन् ।