जेठ २९, २०७८ शनिबार

एजेन्सी ।  हिजो शुक्रबार बाट सुरु भएको १६औं संस्करणको युरोपेली च्याम्पियनसीप फुटबलमा आज ३ खेल हुदैछ ।  युरोपियन फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता हो ।अघिल्लो वर्ष नैं हुनुपर्ने प्रतियोगिता कोरोना महामारीका कारण एक वर्ष पछि धकेलिएको हो ।

नेपाली समयअनुसार आज राति ६:४५ बजेबाट सुरु हुने पहिलो खेलमा समूह 'ए' मा रहेको वेल्स र स्विजरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल अजरबैजानको बाकुमा हुनेछ

त्यस्तै दोस्रो खेलमा समूह बी को खेलमा डेनमार्कले फिनल्यान्डको सामना गर्नेछ । उक्त खेल राति ९:४५ बजेबाट सुरु हुनेछ ।  

यता समूह बी को अर्को खेलमा बलियो टोलि बेल्जियमले रसियाको सामना गर्दैछ । यो खेल राति १४:४५ बजेबाट सुरु हुनेछ । 

डेनमार्क भर्सेस फिनल्यान्ड, रसिया भर्सेस बेल्जियमबीचको दुबै खेल रुसमा हुनेछ ।

फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियम रुसलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ । रुस पनि घरेलु मैदानमा बेल्जियमलाई हराएर विजयी सुरुवात गर्न चाहन्छ । यस पटकको युरोकप युरोपका विभिन्न देशका ११ सहरमा आयोजना हुने छन् । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ सहरमा प्रतियोगिता आयोजना हुँदै छन् ।

युरोकपमा २४ टोलीलाई सहभागी गराईएको यो पहिलो पटक हो । सहभागी टोलीहरुलाई ६ समुहमा विभाजन गरिएको छ ।

प्रत्येक समुहको विजेता र उपविजेतासँगै तेस्रो हुने ६ टोलीमध्ये उत्कृष्ट चार टोली ‘राउण्ड अफ सिक्सटिन’मा प्रवेश गर्नेछन् ।

प्रतियोगिताको फाइनल खेल लण्डनको वेम्बले रंगशालामा हुनेछ ।