एजेन्सी । फिफा विश्वकप फुटबल प्रतियोगिता पछि दोस्रो ठुलो युरोकप फुटबल प्रतियोगिताको १६ औं संस्करणको दोस्रो खेलमा स्विजरल्याण्ड र वेल्सले अंक बाडे्का छन्
शनिबार अजरबैजानको बाकुमा भएको खेलमा स्विजरल्याण्ड र वेल्सले१-१ गोलको बराबरी खेल्दै अंक बाडे्का हुन् ।
निकै रोमान्चक बनेको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो । तर दोस्रो हाफको खेलको ४९औं मिनेटमा स्विजरल्याण्डको लागि एम्बोलोले गोल गरि सुरुवाती अग्रता दिलाएका थिए ।
त्यस्तै खेलको ७४औं मिनेटमा वेल्सका लागि किफर मूरले गोल गरि बराबरी अबस्थामा फर्काएका थिए । तर खेलको ८५औं मिनेटमा स्विजरल्याण्डले अग्रता बनाएको थियो । तर उक्त गोलले मान्यता नपाउँदा स्विजरल्याले अंक बाड्नु बाध्य भएको हो ।
उक्त बराबरी सँगै दुबै टोली १/१ अंक बनाएका छन् । यस्तै शीर्ष स्थानमा रहेको इटालीको ३ अंक रहेको छ ।
यसपटक युरोपका ११ देशका विभिन्न ११ शहरमा यस प्रतियोगिता आयोजना हुँदैछ ।त्यस्तै यो प्रतियोगिता सुरु भएको करिब ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
अघिल्लो वर्ष नैं हुनुपर्ने प्रतियोगिता कोरोना महामारीका कारण एक वर्ष पछि धकेलिएको हो ।