एजेन्सी । शुक्रबारबाट सुरु भएको १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत डेनमार्क र फिनल्याण्डबीच खेल स्थगित भएको छ ।
पहिलो हाफको खेलको ४३ औं मिनेटमा डेनमार्कका एरिक्सन बेहोस भएर मैदानमा ढल्न पुगेका थिए । उक्त कारण खेल स्थगित भएको हो । उनलाई मैदानमै पीसीआर दिईएको थियो । युएईएफले चिकित्सा आपतकालको कारण जारी खेल स्थगित गरिएको जनाएको छ ।
डेनमार्कको कोपनहेगनमा जारी खेल दौरान डेनमार्कका क्रिस्टियन एरिक्सन बेहोस भएर लडेपछि खेल रद्द भएको हो ।
उक्त खेल गोलरहित बराबरीको अवस्थामा रहेको थियो । उनी इटालियन सिरी ए च्याम्पियन क्लब इन्टर मिलानबाट व्यावसायिक फुटबल खेल्दै आएका छन् ।