एजेन्सी । फिफा विश्वकप फुटबल प्रतियोगिता पछि दोस्रो ठुलो युरोकप फुटबल प्रतियोगिताको १६ औं संस्करणको तेस्रो खेलमा फिनल्यान्ड विजयी भएको छ ।
शनिबार राति भएको खेलमा फिनल्यान्ड १-० गोलले विजयी भएको हो । डेनमार्कमा भएको खेलमा फिनल्यान्डलाई जिताउन जोयल पोजान्पालोले निर्णायक गोल गरे ।
निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । उनले दोस्रो हाफको खेलको ५९औँ मिनेटमा गोल गर्दै फिनल्यान्डलाई अग्रता दिलाएका थिए ।त्यसअघि हाफको खेलको ४३औं मिनेटमा डेनमार्कका क्रिस्टियन एरिक्सन बेहोस भएर मैदानमा ढल्न पुगेका थिए । उक्त कारण खेल केही समय स्थगित भएको थियो । खेलका क्रममा अचेत भएका एरिक्सन खतरामुक्त भएपछि पुनः खेल सुचारु भएको थियो ।
उक्त जितसँगै समूह ‘बी’को फिनल्यान्डले ३ अङ्क जोडेको छ । ऊ उक्त समूहको दोस्रो स्थानमा छ । अङ्कविहीन डेनमार्क भने तेस्रो स्थानमा छ ।
यसपटक युरोपका ११ देशका विभिन्न ११ शहरमा यस प्रतियोगिता आयोजना हुँदैछ ।त्यस्तै यो प्रतियोगिता सुरु भएको करिब ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
अघिल्लो वर्ष नैं हुनुपर्ने प्रतियोगिता कोरोना महामारीका कारण एक वर्ष पछि धकेलिएको हो ।