एजेन्सी । पोर्चुगलका डिफेन्डर जोआ कान्सेलोलाई कोरोना संक्रमण पुष्टि भएको सँगै उनले युरोकप फुटबल गुमाउने भएका छन् । पोर्चुगल फुटबलले आइतबार कान्सेलोलाई टिमबाट बाहिर राखिएको जनाएको छ ।
मंगलबार हंगेरीविरुद्ध खेल्नुअघि गरिएको परिक्षणमा क्यान्सेलोको नतिजा पोजेटिभ आएको हो । प्रशिक्षक फर्नान्डो सान्तोसले उनको स्थानमा गत सिजन एसी मिलानबाट खेलेका डिफेन्डर डिओगो डालोटलाई टोलीमा समेटेका छन् । टोलीका अन्य खेलाडीमा भने कोरोना संक्रमण देखिएको छैन ।
पोर्चुगलले मंगलबार हंगेरीसँग खेल्दै युरोको सुरुवात गर्ने छ ।