जेठ ३०, २०७८ आइतबार

एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा इंग्ल्यान्डले विजयी सुरुवात गरेको छ । आइतबार लण्डनमा भएको खेलमा क्रोएसियालाई १० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्डले सुखद सुरुवात गरेको हो । इंग्ल्याण्डको जितमा रहिम स्ट्रर्लिङले गोल गरेका थिए ।

वेम्बली स्टेडियममा निकै प्रतिस्प्रधात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको खेलको ५७ औं मिनेटमा स्ट्रर्लिङले गोल गरे । उनले काल्भिन फिलिप्सको पासमा गोल गरेका हुन् । त्यस पछि बाँकी समय थप गोल नहुला इंग्ल्याण्ड विजयी भयो । 

उक्त जितसँगै समूह डी को इंग्ल्यान्डले महत्वपूर्ण ३ अंक जोड्दै समूहको शीर्ष स्थानमा रहेको छ । यता पराजित क्रोएसिया समूहको पुछारमा रहेको छ ।