फागुन २, २०७७ आइतबार

दुबईमा रहेका नेपालीहरुलाई सहज रुपमा नेपाल पैसा पठाउन माछापुच्छ्रे बैंक र सरफ एक्सचेन्ज बीच सम्झौता भएको छ । त्यहाँ रहेका नेपालीहरु माझ बैंकको सेवालाई विस्तार गर्ने उद्देश्यले दुबईस्थित रेमिट्यान्स कम्पनी सरफ एक्सचेन्जसँग व्यावसायिक सम्झौता गरेको हो ।

सरफ एक्सचेन्जको तर्फबाट महाप्रबन्धक सुरेशकुमार र माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात् अव दुबईमा रहेका नेपालीहरुले दुवईस्थित सरफ एक्सचेन्जका सम्पूर्ण शाखाबाट पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका देशभर रहेका सम्पूर्ण शाखा तथा ७ हजारभन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत सजिल्यै भुक्तानी लिन सकिने बैकले जनाएको छ ।