एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल प्रतियोगिता अष्ट्रिया सहज जित निकालेको छ ।
आइतबार राति रोमानियाको बुचारिस्टमा भएको खेलमा अष्ट्रियाले नर्थ म्यासेडोनियालाई ३(१ गोल अन्तरले पराजित गर्दै सुखद सुरुवात गरेको हो । पहिलो हाफमा १(१ गोलको बराबरीमा सकिएको खेलमा अष्ट्रियाले दोस्रो हाफमा थप २ गोल गर्न सफल भयो ।
खेलको १८ औं मिनेटमा स्टेफान लेनरले गोल गर्दै अष्ट्रियालाई सुरुवाती अग्रता दिलाएका थिए । मार्सेलको पासमा उनले गोल गरेका थिए । तर,२८ औं मिनेटमा गोरान पाण्डेभले गोल गर्दै म्यासेडोनियालाई १(१ गोलको बराबरीमा फर्काए । उनले अष्ट्रियाका गोलकिपर डानिलले फुत्काएको बलमा गोल गरेका थिए ।
त्यस्तै दोस्रो हाफको खेलको ७८औं मिनेटमा माइकल ग्रेगोरीचले गोल गर्दै २(१ गोलको अग्रता दिलाए । उनले कप्तान डेभिड अल्भाको पासमा सुन्दर गोल गरेका थिए । त्यस्तै खेलको ८९औं मिनेटमा मारको अर्नाउटोभिचले गोल गरेपछि अष्ट्रियाले ३(१ को जित दर्ता गरेको हो ।
उक्त जित सँगै समूह सी मा महत्त्वपूर्ण ३ अंक बटुल्दै अष्ट्रिया शीर्षक स्थानमा रहेको छ । यता पराजित म्यासेडोनिया भने पुछारमा रहेको छ ।