जेठ ३१, २०७८ सोमबार

 एजेन्सी । ४७औं संस्करणको दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिकामा साविक विजेता ब्राजिलले सहज जित निकालेको छ ।

सोमबार बिहान सम्पन्न भएको उद्घाटन खेलमा ब्राजिलले भेनेज्वेलामाथि ३–० गोलको सहज जित निकाल्दै सुखद सुरुवात गरेको हो । पहिलो हाफमा १-० गोलले अग्रता बनाएको ब्राजिलले दोस्रो हाफमा थ २ गोल गर्ने सफल भयो । ब्राजिलको राष्ट्रिय रङ्गशालामा घरेलु टोलीलाई जिताउन मार्कुइन्होस, नेयमार र ग्राबियल बर्बोसाले समान एक गोल गरे ।

खेलको २३औं मिनेटमा मार्कुइन्होसले गोल गर्दै घरेलु टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ६४औं मिनेटमा ब्राजिलले पेनाल्टीको मौका पाएको थियो, जसमा नेयमारले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए । खेल सकिन एक मिनेट बाँकी छँदा नेयमारको पासमा बर्बोसाले गोल गर्दै ब्राजिललाई ३–० गोलको जित दिलाए ।

उक्त जितसँगै ब्राजिलले जितबाट कोपा अमेरिकाको थालनी गरेको छ । समूह ‘बी’मा रहेको उसले तीन अङ्क जोडेको छ । भेनेज्वेलाले भने हारबाट कोपा अमेरिका थालनी गरेको छ ।