जेठ ३१, २०७८ सोमबार

एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल प्रतियोगिता अन्तर्गत आज (सोमबार) तीन खेलहरु हुँदैछन् ।

आज समूह 'डी' को एक खेल र समूह 'ई' को दुई खेलहरु हुनेछन् । आज उपाधिकाे दाबेदार टोलीहरुबीच रोमाञ्चक भिडन्त हुदैछ । आज हुने पहिलो खेलमा स्कटल्याण्ड र चेक रिपब्लिकबीच नेपाली समयअनुसार साँझ ६:४५ खेल प्रतिस्पर्धा हुनेछ। आजै हुने दोस्रो र तेश्रो खेलः पोल्याण्ड र स्लोभाकियाबीच राति ९:४५ बजे र स्पेन र स्विडेनबीच राति १२:४५ बजे हुनेछ ।

यस पटक युरोकप युरोपको विभिन्न देशको ११ शहरमा आयोजना हुनेछ । जुन ११ देखि सुरु भई जुलाई ११ मा सकिने युरोकप फुटबलमा २४ टिमको सहभागिता रहेको छ ।

युरोकपमा २४ टोलीलाई सहभागी गराईएको यो पहिलो पटक हो । सहभागी टोलीहरुलाई ६ समुहमा विभाजन गरिएको छ । प्रत्येक समुहको विजेता र उपविजेतासँगै तेस्रो हुने ६ टोलीमध्ये उत्कृष्ट चार टोली ‘राउण्ड अफ सिक्सटिन’मा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल लण्डनको वेम्बले रंगशालामा हुनेछ ।