असार १, २०७८ मंगलबार

एजेन्सी । १६औं संस्करणको युरो कप फुटबल प्रतियोगितामा अन्तर्गत आज सोमबार साँझ भएको पहिलो चेक रिपब्लिक विजयी भएको छ ।

ह्याम्प्डेन पार्क ग्लास्गोमा भएको खेलमा चेक रिपब्लिकले स्कटल्याण्डलाई २-० गोल अन्तरले पराजित गरेको हो । चेक रिपब्लिको जितमा पैट्रिक शिकले दुबै गोल गरे । उनले पहिलो हाफ र दोस्रो हाफमा गरि २ गोल गरेका हुन् ।

खेलको ४२औं मिनेटमा पैट्रिक शिकले गोल गर्दै पहिलो हाफभरि १-० गोलको अग्रता दिलाए । उनले व्लादिमीर कफलको पासमा गोल गरेका हुन् । त्यस्तै दोस्रो हाफको खेलको ५२औं मिनेटमा पुनः पैट्रिकले निकै सुन्दर गोल गर्दै २-० गोलको अग्रता दिलाए ।

थोमस सौउसेकले काउन्टर अट्याकमा फालेको पासमा ज्याक हेन्ड्रीले गल्ती गरेपछि प्याट्रिकले मैदानको मध्यभागबाटै गोलरक्षक अघि बढेको अवस्थामा गरेको लामो प्रहारले जाली चुमेको थियो । गोलरक्षक मार्सलले बचाउने प्रयास गरेपनि सफल भएनन् ।

त्यसपछि बाँकी समय थप गोल नहुदा चेक रिपब्लिक २-० गोलले विजयी भयो । उक्त जित सँगै समूह सी मा चेक रिपब्लिक महत्त्वपूर्ण ३ अंक जोड्दै सुखद सुरुवात गरेको छ । यता पराजित स्कटल्याण्डले भने हारबाट प्रतियोगिता सुरु गरेको छ । त्यस्तै समान ३ अंक भएको इंग्ल्यान्ड दोस्रो स्थानमा छ । क्रोएसिया तेस्रो तथा स्कटल्यान्ड पुछारमा छ ।