एजेन्सी । १६औं संस्करणको युरो कप फुटबल प्रतियोगितामा उपाधिको दाबेदार मानिएको स्पेन स्विडेनसँग बराबरी खेलेका छन् ।
सोमबार राति स्पेनको सेभिल्लामा स्पेन र स्विडेनले गोलरहित बराबरी खेलेका हुन् । घरेलु मैदानमा बल पोसेसनमा पकड जमाएपनि गोल गर्न नसक्दा स्पेन अङ्क बाँड्न बाध्य भएको हो । त्यस्तै खेलमा स्विडेनले पाएको मौकालाई सदुपयोग गर्न सकेन ।
उक्त बराबरीसँगै समूह ‘ई’ को स्पेनले एक अङ्क जोडेको छ । स्पेन उक्त समूहको दोस्रो स्थानमा छ । समान एक अङ्क जोडेको स्विडेन तेस्रो स्थानमा छ । यस समूहमा स्लोभाकिया तीन अङ्कसहित शीर्ष स्थानमा छ । अङ्कविहीन पोल्यान्ड समूहको पुछारमा छ ।