असार १, २०७८ मंगलबार

 एजेन्सी । १६औं संस्करणको युरो कप फुटबल प्रतियोगिता अन्तर्गत आज समूह एफ का २ रोमाञ्चक खेल हुदैछ । जसमा उपाधिको दाबेदार टोली पोर्चुगल , फ्रान्स र जर्मनी प्रतिस्पर्धामा रहेका छन् । नेपाली समयअनुसार आज राति हुने पहिलो खेलमा साविक विजेता पोर्चुगल र हंगेरीबीच हुनेछ ।

पोर्चुगलले हंगेरीको घरेलु मैदान बुडापेस्टमा खेल्नेछ । पुस्कास एरिनामा हुने पोर्चुगल र हंगेरीबीचको खेल राति ९:४५ बजेबाट सुरु हुनेछ । पाहुना टोली पोर्चुगल २०२० को युरो कपको सुखद सुरुवात गर्ने योजनामा हुनेछ । तर, घरेलु टोली हंगेरीलाई हराउँन पोर्चुगललाई सहज भने हुने छैन ।

मुख्य प्रतियोगितामा दुई टिमबीच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो । यस अघि पनि २०१६ को युरो कप फुटबल प्रतियोगिता दुबै टोली एउटै समूहमा परेका थिए । उक्त खेलमा दुबै टोली ३-३ गोलको बराबरीमा रोकिएका थिए । त्यस्तै आज हुने दोस्रो खेलमा विश्वकप विजेता फ्रान्सले जर्मनीसँग खेल्नेछ ।

फ्रान्स र जर्मनीबीचको खेल म्युनिखस्थित एलिनाज स्टेडियममा हुनेछ । उक्त खेल १२:४५ बजे सुरु हुनेछ । घरेलु टोलीविरुद्ध मैदान उत्रदा फ्रान्स जित निकाल्ने योजनामा हुनेछ । विश्व विजेता फ्रान्स पहिलो खेलमै बलियो टिम जर्मनीलाई हराएर उपाधि दाबेदार प्रस्तुत गर्न चाहन्छ ।

तर पाहुना टोली जर्मनीमाथि जित निकाल्न सहज भने हुने छैन । त्यस्तै यी दुई टोलीको पछिल्लो ५ खेलमा फ्रान्सले ३ खेलमा जित निकालेको थियो , र २ खेल बराबरीमा सकिएको थियो । यता जर्मनीले भने जित निकाल्न सकेको छैन । यस पटक युरोकप युरोपको विभिन्न देशको ११ शहरमा आयोजना हुनेछ ।

जुन ११ देखि सुरु भई जुलाई ११ मा सकिने युरोकप फुटबलमा २४ टिमको सहभागिता रहेको छ । युरोकपमा २४ टोलीलाई सहभागी गराईएको यो पहिलो पटक हो । सहभागी टोलीहरुलाई ६ समुहमा विभाजन गरिएको छ ।

प्रत्येक समुहको विजेता र उपविजेतासँगै तेस्रो हुने ६ टोलीमध्ये उत्कृष्ट चार टोली ‘राउण्ड अफ सिक्सटिन’मा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल लण्डनको वेम्बले रंगशालामा हुनेछ ।