एजेन्सी । आधुनिक फुटबलका महान हस्ती एवम् पोर्चुगिज सुपर स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो युरोको इतिहासमा सर्वाधिक गोलकर्ता बन्ने कीर्तिमानसँगै अन्य थुप्रै रेकर्ड राखेका छन् ।
मंगलबार राति हंगेरीविरुद्ध भएको खेलमा खेलको अन्ति १० मिनेटको अन्तरमा पोर्चुगलले ३ गोल गर्दै घरेलु टोली हंगेरीमाथि सनसनी पुर्ण जित निकालेको थियो । ६१ हजार दर्शकमाँझ खेलिएको खेलमा पोर्चुगलले घरेलु टोलीविरुद्ध लगातार पोस्ट आक्रमण बुनेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । 
उक्त खेलमा रोनाल्डो २ गोल गरेका थिए । पहिलो गोल पेनाल्टी मार्फत गरेको रोनाल्डोले दोस्रो गोल भने बायाँ खुटाले निकै शानदार गोल गरेका थिए । साविको विजेता समेत रहेको पोर्चुगलले युरो कप २०२० अन्तर्गतको पहिलो खेलमा रोमाञ्चक जित निकालेको हो । रोनाल्डोले हंगेरीविरुद्ध स्टार अफ द म्याचको अवार्ड समेत जितेका छन् ।
रोनाल्डोले हंगेरीविरुद्धको खेलबाट बनाएको कीर्तिमानहरु
- युरो कप फुटबल इतिहासमै सर्वाधिक गोल कर्ताको शीर्ष स्थानमा रहेका रोनाल्डोले फ्रेन्च मिचेल प्लाटिनीलाई २ गोलले पछि पार्दै शीर्ष स्थानमा ११ गोलीसहित मिचेल प्लाटिनीको ९ गोल छ । उनले शीर्ष स्थानमा एकलौटी आफ्नो अग्रता बनाएका छन् । उनले यसअघि २००४ मा २ गोल गरेका थिए । त्यसपछिको ३ संस्करणमा क्रमश १,३ र ३ गोल गरेका छन् । 
- रोनाल्डो लगातार ५औं युरोकप खेल्ने पहिलो खेलाडी बनेका छन् उनी सन् २००४ देखि लगातार २०२० सम्म ५ पटक युरो कप फुटबल प्रतियोगितामा सहभागी जनाएका छन् । सन् २००४ देखि युरो कप फुटबलमा डेब्यु गरेका रोनाल्डो लगातार ५औं पटक सहभागिता जनाएका हुन् ।
- रोनाल्डोले युरोकपमा सर्वाधिक २२ खेल खेल्ने एक्ला खेलाडी जसमा १२ जित । उनले छनोटसहित गरेर सर्वाधिक ४० गोल गरेका छन् । - अन्तर्राष्ट्रिय फुटबलमा पनि सर्वाधिक गोल गर्नेमा रोनाल्डो अहिले १०६ गोलसहित दोस्रो स्थानमा छन् र इरानका अली दाईको कीर्तिमान भन्दा उनी ३ गोलले मात्र पछि छन् । 
- रोनाल्डो युरोकपमा दुई वा बढी गोल गर्ने बढी उमेरका खेलाडी पहिलो खेलाडी पनि बनेका छन्। यसअघि युक्रेनका पूर्वखेलाडी तथा हालका कोच आन्द्रे सेभचेन्कोले ३५ वर्ष २५६ दिनमा गोल गर्दै सो रेकर्ड आफ्नो नाममा लेखाएका थिए।
- रोनाल्डो मुख्य प्रतियोगितामा पोर्चुगलका लागि गोल गर्ने सबैभन्दा बढी उमेरका खेलाडी पनि बनेका छन्। हंगेरीविरुद्ध खेल्दा उनको उमेर ३६ वर्ष १३० दिन थियो। यसअघि यो रेकर्ड विश्वकप २०१८ मा ३५ वर्ष १२४ दिनको उमेरमा गोल गरेका पेपेको नाममा रहेको थियो। 
यस पटक युरो कप युरोपको विभिन्न देशको ११ शहरमा हुनेछ । जुन ११ देखि सुरु भई जुलाई ११ मा सकिने युरो कप फुटबलमा २४ टोलीको सहभागिता रहेको छ । युरोकपमा २४ टोलीलाई सहभागी गराईएको यो पहिलो पटक हो । सहभागी टोलीहरुलाई ६ समुहमा विभाजन गरिएको छ । प्रत्येक समुहको विजेता र उपविजेतासँगै तेस्रो हुने ६ टोलीमध्ये उत्कृष्ट चार टोली ‘राउण्ड अफ सिक्सटिन’मा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल लण्डनको वेम्बले रंगशालामा हुनेछ । 