फागुन १७, २०७७ सोमबार

काठमाण्डौ।
 लगातार घटेको सुनको भाउ आज भने बढेको छ ।आज तोलामा ४ सय रुपैयाँले बढेर सुन ८८ हजार ७ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा सुनको भाउ ८८ हजार ३ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा पुगेको छ ।