एजेन्सी । गत सोमबार युरो कपको प्रि म्याच कन्फ्रेन्सका दौरान हंगेरीको बुडापेस्टमा पोर्चुगलका कप्तान रोनाल्डोले कोकाकोलाका दुईवटा बोतल हटाएर पानी पिए । टेबलमा राखिएको कोका कोलाको दुईवटा बोतललाई राखिएको ठाँउबाट रोनाल्डोले हटाएका थिए यस घटनापछि कोकाकोलाको शेयर मूल्य ४अर्ब डलरले घटेको छ ।
रोनाल्डोले स्वास्थको निकै ख्याल गर्छन् र उनी जंक फुड तथा कार्बोनेटेड सफ्ट ड्रिक्ंस्बाटै टाढै रहन्छन् । युरो कपका अधिकारी प्रायोजक मध्येको एक कोकाकोलाले रोनाल्डोको कदमको जवाफ दिँदै मंगलबार विज्ञप्ति नै जारी गरेको छ । जहाँ, लेखिएको छ, ‘फरक आवश्यकता र स्वादका आफुले चाहेको पेप पदार्थ पिउन जो कोही स्वतन्त्र छन् ।’
यस घटनापछि कोकाकोलाको मार्केट भ्यालु २ सय ४२ अर्ब अमेरिकी डलरबाट घटेर २ सय ३८ अर्ब डलरमा झरेको छ । युरो कपमा रोनाल्डोले सुरुवाती खेलमै घरेलु टोली हंगेरीविरुद्ध २ गोल गरेका थिए । यससँगै उनको अन्तर्राष्ट्रिय गोल संख्या १ सय ६ पुग्यो । सर्वाधिक धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको सूचीमा उनी इरानका देई अलीभन्दा केवल ३ गोलले पछि छन् ।