एजेन्सी । १६औं संस्करणको युरो कप फुटबल प्रतियोगितामा रसियाले पहिलो जित दर्ता गरेको छ । बुधबार भएको समूह चरणको दोस्रो खेलमा फिनल्याण्डलाई १-० गोल अन्तरले पराजित गर्दै रसिले पहिलो जित निकालेको हो ।
रसियाको जित दिलाउन एलेक्सी मिरानचुकले निर्णायक गोल गरे । उनले पहिलो हाफको इन्जुरी समयमा निर्णायक गोल गरे । आर्टम ज्यूबाको पासमा उत्कृष्ट गोल गरेका हुन् ।
त्यसअघि खेलको चौंथो मिनेटमा फिनल्याण्डका जोएल पोहजन पालोले गोल गरेका थिए । तर, भीएआरमा जोएल अफसाइड देखिएपछि उनको गोलले मान्यता पाएन ।
उक्त जितसँगै समूह बीको रसियनले २ खेलमा ३ अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । यसअघि पहिलो खेलमा रसिया बेल्जियमसँग ३–० गोल अन्तरले पराजित भएको थियो । यता पराजित फिनल्याण्डको यो पहिलो हार हो । पहिलो खेलमा फिनल्याण्डले डेनमार्कलाई १–० ले हराएको थियो । ३ अंक जोडेको फिनल्याण्ड समूहको तेस्रो स्थानमा रहेको छ ।