एजेन्सी । स्पेनिस ला लिगा फुटबल क्लब रियल मड्रिडका कप्तान तथा डिफेन्डर सर्जियो रामोसले क्लब छाडेका छन् । रियलले बुधबार कप्तान रामोसले क्लब छाडेको पुष्टि गरेको छ ।
स्पेनिस सेन्टर ब्याक रामोसको क्लबसँगको समझौता यहिँ जुनको अन्त्यसँगै सकिदैछ । ३५ वर्षीय डिफेन्डर रामोसले १६ वर्ष बसेर रियल छाडेका हुन् । उनि सन् २००५ मा सेभियाबाट रियल आएका थिए ।
रियलमा लिजेण्ड खेलाडीको पहिचान बनाएका उनले क्लबका ६ सय ७१ खेल खेलेका छन् । रियलका लागि १ सय १ गोल गरेका रामोसले ४० असिस्ट गरेका छन् । रियलबाट उनले पाँच पटक ला लिगा र ४ पटक च्याम्पियन्स लिगको उपाधि जिते । फिफा क्लब विश्वकप र स्पेनिस सुपर कप ४/४ पटक जित्दा यूईएफए सुपर कप ३ पटक जितेका छन् । यस्तै कोपा डेल रे दुई पटक जितेका छन् । उनले क्लब छाडेपछि अब रियलको कप्तानी मार्सेलोले गर्न भएका छन् । उनि रामोस पछि दोस्रो रोजाईका कप्तान थिए ।