फागुन १७, २०७७ सोमबार

काठमाडौं  : प्रभु क्यापिटलले डिम्याट सेवामा फरक ढंगबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । यसै परिप्रेक्ष्यमा ग्राहकहरुलाई डिम्याट सेवाअन्र्तत फरक अनुभूति हुने, सहज तथा सुलभ ढंगबाट निरन्तर सेयर कारोबार सञ्चालन गर्न सकिने नयाँ डिम्याट योजना ‘ट्रिपल नाइन ट्रिपल बेनिफिट डिम्याट खाता योजना ल्याएको छ ।

यस योजनाअन्तर्गत ग्राहकले ग्राहकले ९९९ रुपैयाँमा तीन प्रकारका सुविधा पाउने कम्पनीले जनाएको छ । नयाँ डिम्याट खाता खोल्ने ग्राहक तथा नविकरण गर्ने ग्राहकहरु यस ट्रिपल नाइन ट्रिपल वेनिफिट डिम्याट योजनामा संलग्न भएर लाभ लिन सक्ने बताइएको छ ।

प्रभु क्यापिटलले नियमित कार्यालय समय तथा ८ देखि ८ अन्तर्गत सञ्चालित समयका साथै प्रभु बैंकको नेपालभर रहेको शाखाबाट यो योजनाअन्तरगत डिम्याट खाता खोल्न सक्न सक्ने बताइएको छ । यसका साथै प्रभु क्यापिटलको अनलाइन डिम्याट एप्लिकेसनबाट समेत डिम्याट खाताको आवेदन दिन सक्ने बताइएको छ ।