फागुन १९, २०७७ बुधबार


काठमाण्डौ
हिजो घटेको सुनको मूल्यआज फेरि प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।
हिजो प्रतितोला ८७ हजार रुपैयाँमा कायम भएको सुनको मूल्य आज ५ सय रुपैयाँले बढेर ८७ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी, हिजो तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ५ सय ५० हजार रुपैयाँ कायम भएको थियो भने बुधबार ८७ हजार ५० रुपैयाँ कायम भएको छ । साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ९० रुपैयाँ थियो भने आज ३५ रुपैयाँ बढेर १३ सय १५ रुपैयाँ कायम भएको छ ।