माघ २९, २०८० सोमबार

काठमाडौँ, २९ माघ : गायक गौतमदास मानन्धरले 'झिमिक्कै परेली' बोलको गीत सार्वजनिक गरेका छन्।

हाइलाइटस् नेपाल युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो। गायनमा गौतमदासलाई निशा देशारले साथ दिएकी छन्। 

अन्जु मानन्धरले निर्माण गरेको गीतमा शब्द तथा संगीत अनिल शाहीको छ। रेश्मा खड्गी र सुमित शाहीले कोरियोग्राफी गरेको म्युजिक भिडिओमा मनोज महर्जन र हसना महर्जनलाई देख्न सकिन्छ। गीतलाई बबिन देसार र अभि शाक्यले छायांकन तथा सम्पादन गरेका हुन्। 

गायक गौतमदास मानन्धरले यसअघि एकल एल्बम, सदाबहार र नेपाल भाषाका थुप्रै गीत गाएका छन्।